Home » » स्त्री होस वा पुरुष : ओठको ९ वटा बनावटबाट थाहा पाउनुस् ब्यक्तिको रहस्य jaani rakhau

स्त्री होस वा पुरुष : ओठको ९ वटा बनावटबाट थाहा पाउनुस् ब्यक्तिको रहस्य jaani rakhau

ज्योतिषमा शरीरको लक्षणलाई हेरेर स्वभाव र भविष्य बताउने विद्यालाई सामुन्द्रिकशास्त्र भनिन्छ । यो पनि ज्योतिषको अभिन्न अंग हो । 

सामुन्द्रिक विद्याकाअनुसार मानिसको टाउकोदेखि खुट्टासम्म अंगको केही न केही लक्षणहरु हुन्छन् । उसको वनावट, आकार र रंगबाट ब्यक्तिसँग जोडिएका कयौं रहस्य थाहा हुन सक्छन् । साथै, यस्ता चिन्हहरुले भविष्यका बारेका पनि केही सन्देश छाडेका हुन्छन् । कुनै पनि ब्यक्तिको ओठलाई हेरेर यो भन्न सकिन्छ कि उसको ब्यवहार, आचार—विचार र कार्यक्षेत्र कस्तो छ । 

१) उठेको ओठ जो ब्यक्तिको ओठ सामान्यभन्दा बढी उठेको देखिन्छ । यस्तो ब्यक्ति डरपोक स्वभावको हुन्छ । यस्ता मानिसहरु कुनै पनि कठिन परिस्थितीलाई हल गर्ने बाटो सजिलै खोज्न सक्दैनन् । 

२. ठूलो ओठजुन ब्यक्तिको ओठ सामान्यभन्दा बढी ठूलो देखिन्छन्, त्यस्ता ब्यक्ति राम्रो खाने सौख भएका हुन्छन् । सामान्यतयाः यस्ता ब्यक्तिलाई रिस चाडो उठ्छ । उनीहरुको रिस चाडैं सेलाउँछ पनि । 

३. भित्र धस्सिएको ओठ जसको ओठ सामान्य स्थितभन्दा बढी भित्रितिर धस्सिएको हुन्छ । यस्ता ब्यक्तिहरु रहस्यमयी हुन्छन् । यिनको मनको कुरा बुझ्न निकै कठिन हुन्छ । यिनीहरु कुशल योजनाकार त हुन्छन् तर योजनाहरु एकदमै गोप्य राख्छन् । 

४. संकुचित ओठ छोटो—पातलो ओठलाई संकुचित ओठ भनिन्छ । जसको यस्तो ओठ हुन्छ, तिनीहरु बेरंगी पनि देखिन्छ र देखावा पनि गर्छन । यिनीहरु दोस्रो मानिसलाई आकर्षित गर्ने प्रयास गर्छन । 

५. मोटो ओठ जुन ब्यक्तिको ओठ सामान्यभन्दा अलि बढी मोटो हुन्छ, यस्तो ब्यक्ति क्रोधी स्वभावको हुन्छ । यस्ता मानिसहरुले सानो—सानो कुरामा उठ्ने रिसका कारण समस्याको सामना पनि गर्नुपर्छ । यी मानिसहरु जिद्धी पनि हुन्छन् । 

६. रसिक ओठ रातो, आकर्षण र कलात्मक ओठलाई रसिक ओठ भनिन्छ । यस्तो ओठवाला ब्यक्ति सुन्दर, कलाप्रिय र राम्रो स्वभावका हुन्छन् । यिनीहरु समाज र घरपरिवारमा मान सम्मान र कयौं उपलब्धिहरु प्राप्त गर्छन । 

७. गुलाबी ओठ जसको ओठको रंग गुलाबी हुन्छ, त्यस्ताको ब्यवहार कुशल, उदार र बुद्धिमान हुन्छ । यस्तो ओठ भएका मानिसहरु आफ्नो ब्यवहारबाट सबैलाई मनमोहमा पार्छन । यिनीहरुको साथीहरुको संख्या पनि धेरै हुन्छ । 

८. कोठी भएको ओठ यदि ओठमा कोठी छ भने त्यस्ता मानिसहरु कामुक स्वभावका हुन्छन् । विपरित लिंगप्रति यिनीहरुको कयौं प्रकार विचारहरु चलिरहन्छन् । यस्ता मानिसहरु दोस्रोलाई एकदम चाडै प्रभावित गर्न सक्षम हुन्छन् । 

९. ओठको ठीक तल कोठी भएमा ओठको ठिक तल कोठी भएका मानिसहरु कठिन परिश्रम गर्छन । र, सजिलैसँग धनलाभ आर्जित गर्न सक्दैनन् । यस्ता मानिसहरुलाई कठिन मेहनेतपछि मात्र लाभ प्राप्त हुन्छ ।
Share this video :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. World online news - All Rights Reserved
Design by www.ekumar.com.np
Online Nepal Hindi TV Serails Download Nepali Songs Nepali N बेभसाइट बनाउन तथा डोमेन बुक गर्नु