Home » » अस्लील तस्वीर हेर्दै डाक्टरले गरे बिरामीको शल्यक्रिया भिडियो

अस्लील तस्वीर हेर्दै डाक्टरले गरे बिरामीको शल्यक्रिया भिडियो

कुनै डाक्टरले पोर्न सामाग्री हेर्दै बिरामीको शल्यक्रिया गरेको खबर सुन्दा कसलाई पो रिस नउठ्ला र । आखिर यस्ता गैरजिम्मेवार डाक्टर भएपछि बिरामीको जिउ किन खतरामा नपरोस् भन्ने प्रश्न सबैले गर्नु स्वभाविकै हो । एकजना भारतीय डाक्टरले अस्ट्रेलियामा पोर्न तस्वीर हेर्दै बिरामीको शल्यक्रिया गरेको खबरले अहिले बजार तताएको छ । 

झ्वाट्ट सुन्दा यी डाक्टर कतिधेरै यौन पिपासु रहेछन्, जसले शल्यक्रिया जस्तो गम्भीर बेलामा पनि पोर्न सामाग्री हेर्न छाड्दैनन् भन्ने लाग्नसक्छ । तर चुरो कुरो बुझ्ने हो भने उनलाई पोर्न सामाग्री हेरेको आधारमा गाली होइन ताली पो दिनुपर्ने रहेछ । अस्ट्रेलियाको राजधानी क्यानबेरास्थित एक अस्पतालमा सन् २००८ मा भएको शल्यक्रियाका दौरान डाक्टर राकेश कालरा नामका ती चिकित्सकले पोर्न तस्वीरको प्रयोग गरेका हुन् । मेलबर्नमै हालै भएको शल्यचिकित्सकको सम्मेलनका क्रममा मात्र उनले उक्त कुराको खुलासा गरेका न्यूज डट कम डट एयुले जनाएको छ । भिडियो  हेर्न को लागी  यहाँ click  गर्नुहोला 

डाक्टर कालराका अनुसार बलात्कार पीडित एक महिलाको उपचारका क्रममा उनले यस्तो विधिको प्रयोग गरेका हुन् । बलात्कारका क्रममा ती महिलाको योनीमा घाउ लागेको रहेछ र क्षतविक्षत भएको रहेछ । अस्पतालमा ती महिलाको योनीलाई सर्जरी गरेर पूरानै सामान्य अवस्थामा पूराउनुपर्ने चुनौति डाक्टर कालराको सामु खडा भयो । उनले उक्त चुनौतिलाई स्विकार गरे ।

 

त्यसपछि उनले अपरेसन कक्षमा पोर्न तस्वीरहरु आफ्नो अगाडि राखे जसमा अलग अलग कोणबाट खिचिएका योनीका तस्वीरहरु थिए । उनले ती तस्वीरहरुलाई ध्यानपूर्वक हेर्दै योनीको वास्तविक आकार प्रकार बुझ्दै ती महिलाको शल्यक्रिया अघि बढाए । उनले बलात्कारका क्रममा च्यातिएको महिलाको यौनांगको कन्याजाली अर्थात् हाइमिनलाई पनि पूरानै अवस्थामा फर्काउन सफल भए । 

यस्तो चुनौतिपूर्ण शल्यक्रिया मार्फत महिलाको यौनांगलाई कुमारी अवस्थामै फर्काउन सफल ती डाक्टरको कदमलाई धेरैले तारिफ गरे । तर सम्मेलनमा उपस्थित कतिपय महिला डाक्टरले भने उनको कदमप्रति आपत्ति जनाएका थिए । उनले सम्मेलनका क्रममा दिएको प्रस्तुतीमा समेत केही अश्लील तस्वीरहरु देखाएका थिए ।
Share this video :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. World online news - All Rights Reserved
Design by www.ekumar.com.np
Online Nepal Hindi TV Serails Download Nepali Songs Nepali N बेभसाइट बनाउन तथा डोमेन बुक गर्नु