Home » » अर्काको गाई चोरि काटेर खाने पक्राउ , खुलेआम नक्कली नागरिकता बन्दै – सिधा कुरा जनता-हेर्नुहोस ( भिडियो सहित )

अर्काको गाई चोरि काटेर खाने पक्राउ , खुलेआम नक्कली नागरिकता बन्दै – सिधा कुरा जनता-हेर्नुहोस ( भिडियो सहित )

सिधा कुरा जनताको आजको भागमा स्टिंग अपरेसनमा नक्कली कागज पत्र बनाउने हरुको खुलासा भएको छ। देशकै राजधानी काठमान्डौको गोंगबु स्थित एक साइबर नक्कली कागजपत्र छाप्ने गरेको कुरा खुलेको हो। राजधानिको उग्रचण्डी नामक उक्त साइबरमा नेपाली नागरीकता देखि सवारीचालक अनुमती पत्र, कलेजको प्रमाण पत्र सबै किसिमका नक्कली कागजपत्र तयार पारिने गरेको खुलेको हो। साइबरका संचालकले शैशिक प्रमाण पत्र देखि लाइसन्स सम्म तयार पारिएको थियो। 

 स्टिंग अपरेसनमा सिधाकुरा जनता संगका टिमलाई नेपाली नागरीकता तथा सवारीचालक अनुमती पत्र बनाइदिन तयार भएका थिए, नक्कली लाइसन्स बनाएपछि प्रहरीलाई खबर गरिएको थियो । अहिले नक्कली नागरिकता र लाइसन्स बनाउने प्रहरीको नियन्त्रमा रहेको छ। 

 राजधानीकै ललितपुरको धापाखेलमा गाइ काटेर मासु खाएको घटना भएको छ। गोठमा राखेको अर्काको गाइ चोरेर मारी खान तयार हुदा प्रहरीले पक्राउ गरेको छ। माया अधिकारीको गोठमा रहेको गाइ बारम्बार चोरिने गरेको थियो तर एक साता अघि मात्रै इट्टाभत्ता मा काम गर्ने सुर्य लामा, तिर्थ लामा र पञ्ज लामा लगायतले मध्यरातमा गाई चोरेर काटेर खाइदिएका थिए । 

प्रहरीले अनुसन्धान गर्दै खोज्दै जाँदा गाइको मासु तयारि अबस्थामा पकाएको अबस्थामा भेटिएको थियो । छेउमै गाइको टाउको र छाला गाडिएको अबस्थामा भेटिएको थियो । प्रहरीले तत्कालै गाइ काटेको अभियोगमा सुर्य लामा, तिर्थ लामा र पञ्ज लामालाई नियन्त्रणमा लियो ।

भिडियो हेर्नुहोस…..
Share this video :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. World online news - All Rights Reserved
Design by www.ekumar.com.np
Online Nepal Hindi TV Serails Download Nepali Songs Nepali N बेभसाइट बनाउन तथा डोमेन बुक गर्नु