प्रभात भुजेल दोहा कतार!
लमजुङ सेवा समाज कतार द्वारा महामहीम राजदूत कोइरालाको बिदाइ
"सुख दुखमा साथ लम्जुङ सेवा समाज" मुल नारा सहित स्थापना भएको लम्जुङ समाज कतार ले मिति 2019/05/13 तारिक राजदुतावास को सभा हलमा कतारको लागि महामहिम राजदुत प्रा. डा .रमेश प्रसाद कोइराला ज्युको सम्मान तथा बिदाई कार्यक्रम आज सम्पन्न भएको छ उक्त कार्यक्रमको अध्यक्षता समाजका अध्यक्ष श्री नवराज नखोला ले गर्नु भएको थियो भने कार्यक्रम समाजका महासचिव युवराज गुरुङले गर्नु भएको थियो!

साथै कार्यक्रम बिच नब निर्वाचित कार्यसमिति, सस्थाका सम्मानित पदमा मनोनित सस्था प्रमुख संरक्षक ,प्रमुख सल्लाहकार सहितको नामावली, सस्थाको बिधान सूचीकरण को लागि राजदुतावासमा हस्तान्तरण समाजका प्रमुख संरक्षक श्री पुर्ण बहादुर पोखरिया ज्युले कातारको लागि महामहिम राजदुत प्रा.डा. रमेश प्रसाद कोइराला ज्यु लाई हस्तान्तरण सहित दोसल्ला ओढाई सम्मान गर्नुभएको थियो!
साथै समाजको विभिन्न सामाजिक गतिविधिको बारेमा लम्जुङ समाज कतारले गरेको भुमिकाको बारेमा सस्थागत जानकारी गराउनु भयो । कार्यक्रम कै अबसरमा समाजका प्रमुख सल्लाहकार श्री विष्णु लाल श्रेष्ठले मायाको चिनो प्रदान गर्नु भएको थियो , साथै समाजको तर्फबाट अध्यक्ष श्री नवराज नखोला ले सम्मान पत्र प्रदान गर्दै समाज ले कुनै पनि कार्य दूतावास सगको सहकार्य सगै गरिने र समाजको विभिन्न क्रियाकलाप को बारेमा दूतावासलाई जानकारी गराउने प्रतिबद्धता गर्दै प्रा. रमेशप्रसाद कोइराला ज्यु ले कतार बसाई मा गर्नु भएको उल्लेखनीय कार्यको खुलेर प्रसम्सा गर्नु भएको थियो
!
र कतार बसाई लाई विट मार्दै जादा र भोलिको दिन हरुमा पनि उहाँको सफलताले सधै उचाईमा लम्किरहन र नेपाल बसाईको बाकी कार्यकालको पनि सफलताको कामना सहित बिदाई कार्यक्रममा उपस्थित सम्पुर्ण लम्जुङ कार्यसमिति पदाधिकारीमा धन्यवाद दिदै प्रा.डा.कोइराला ज्यु को सम्मान तथा बिदाई कार्यक्रम समापन गर्नु भएको थियो ।
0 comments:
Post a Comment