Recent Videos

SEE को नतिजा आज प्रकाशित हुँदै नतिजा हेर्ने केही आधिकारिक website हरु जानको लागी यहाँ >>>

SEE को नतिजा आज प्रकाशित हुँदै नतिजा हेर्ने केही आधिकारिक website हरु जानको लागी यहाँ >>>SEE को नतिजा आज प्रकाशित हुँदै नतिजा हेर्ने केही आधिकारिक website हरु जानको लागी यहाँ >>>SEE को नतिजा आज प्रकाशित हुँदै नतिजा हेर्ने केही आधिकारिक website हरु जानको लागी यहाँ >>>SEE को नतिजा आज प्रकाशित हुँदै नतिजा हेर्ने केही आधिकारिक website हरु जानको लागी यहाँ >>>SEE को नतिजा आज प्रकाशित हुँदै नतिजा हेर्ने केही आधिकारिक website हरु जानको लागी यहाँ >>>SEE को नतिजा आज प्रकाशित हुँदै नतिजा हेर्ने केही आधिकारिक website हरु जानको लागी यहाँ >>>SEE को नतिजा आज प्रकाशित हुँदै नतिजा हेर्ने केही आधिकारिक website हरु जानको लागी यहाँ >>>SEE को नतिजा आज प्रकाशित हुँदै नतिजा हेर्ने केही आधिकारिक website हरु जानको लागी यहाँ >>> 
रिजल्ट को लागी  क्लिक गर्ने ठाउँ

 

लमजुङ सेवा समाज कतार द्वारा महामहीम राजदूत कोइरालाको बिदाइ "

प्रभात भुजेल दोहा कतार!
लमजुङ सेवा समाज कतार द्वारा महामहीम राजदूत कोइरालाको बिदाइ "सुख दुखमा साथ लम्जुङ सेवा समाज" मुल नारा सहित स्थापना भएको लम्जुङ समाज कतार ले मिति 2019/05/13 तारिक राजदुतावास को सभा हलमा कतारको लागि महामहिम राजदुत प्रा. डा .रमेश प्रसाद कोइराला ज्युको सम्मान तथा बिदाई कार्यक्रम आज सम्पन्न भएको छ उक्त कार्यक्रमको अध्यक्षता समाजका अध्यक्ष श्री नवराज नखोला ले गर्नु भएको थियो भने कार्यक्रम समाजका महासचिव युवराज गुरुङले गर्नु भएको थियो!

 साथै कार्यक्रम बिच नब निर्वाचित कार्यसमिति, सस्थाका सम्मानित पदमा मनोनित सस्था प्रमुख संरक्षक ,प्रमुख सल्लाहकार सहितको नामावली, सस्थाको बिधान सूचीकरण को लागि राजदुतावासमा हस्तान्तरण समाजका प्रमुख संरक्षक श्री पुर्ण बहादुर पोखरिया ज्युले कातारको लागि महामहिम राजदुत प्रा.डा. रमेश प्रसाद कोइराला ज्यु लाई हस्तान्तरण सहित दोसल्ला ओढाई सम्मान गर्नुभएको थियो!

  साथै समाजको विभिन्न सामाजिक गतिविधिको बारेमा लम्जुङ समाज कतारले गरेको भुमिकाको बारेमा सस्थागत जानकारी गराउनु भयो । कार्यक्रम कै अबसरमा समाजका प्रमुख सल्लाहकार श्री विष्णु लाल श्रेष्ठले मायाको चिनो प्रदान गर्नु भएको थियो , साथै समाजको तर्फबाट अध्यक्ष श्री नवराज नखोला ले सम्मान पत्र प्रदान गर्दै समाज ले कुनै पनि कार्य दूतावास सगको सहकार्य सगै गरिने र समाजको विभिन्न क्रियाकलाप को बारेमा दूतावासलाई जानकारी गराउने प्रतिबद्धता गर्दै प्रा. रमेशप्रसाद कोइराला ज्यु ले कतार बसाई मा गर्नु भएको उल्लेखनीय कार्यको खुलेर प्रसम्सा गर्नु भएको थियो 
!





र कतार बसाई लाई विट मार्दै जादा र भोलिको दिन हरुमा पनि उहाँको सफलताले सधै उचाईमा लम्किरहन र नेपाल बसाईको बाकी कार्यकालको पनि सफलताको कामना सहित बिदाई कार्यक्रममा उपस्थित सम्पुर्ण लम्जुङ कार्यसमिति पदाधिकारीमा धन्यवाद दिदै प्रा.डा.कोइराला ज्यु को सम्मान तथा बिदाई कार्यक्रम समापन गर्नु भएको थियो ।

अर्काको गाई चोरि काटेर खाने पक्राउ , खुलेआम नक्कली नागरिकता बन्दै – सिधा कुरा जनता-हेर्नुहोस ( भिडियो सहित )

सिधा कुरा जनताको आजको भागमा स्टिंग अपरेसनमा नक्कली कागज पत्र बनाउने हरुको खुलासा भएको छ। देशकै राजधानी काठमान्डौको गोंगबु स्थित एक साइबर नक्कली कागजपत्र छाप्ने गरेको कुरा खुलेको हो। राजधानिको उग्रचण्डी नामक उक्त साइबरमा नेपाली नागरीकता देखि सवारीचालक अनुमती पत्र, कलेजको प्रमाण पत्र सबै किसिमका नक्कली कागजपत्र तयार पारिने गरेको खुलेको हो। साइबरका संचालकले शैशिक प्रमाण पत्र देखि लाइसन्स सम्म तयार पारिएको थियो। 

 स्टिंग अपरेसनमा सिधाकुरा जनता संगका टिमलाई नेपाली नागरीकता तथा सवारीचालक अनुमती पत्र बनाइदिन तयार भएका थिए, नक्कली लाइसन्स बनाएपछि प्रहरीलाई खबर गरिएको थियो । अहिले नक्कली नागरिकता र लाइसन्स बनाउने प्रहरीको नियन्त्रमा रहेको छ। 

 राजधानीकै ललितपुरको धापाखेलमा गाइ काटेर मासु खाएको घटना भएको छ। गोठमा राखेको अर्काको गाइ चोरेर मारी खान तयार हुदा प्रहरीले पक्राउ गरेको छ। माया अधिकारीको गोठमा रहेको गाइ बारम्बार चोरिने गरेको थियो तर एक साता अघि मात्रै इट्टाभत्ता मा काम गर्ने सुर्य लामा, तिर्थ लामा र पञ्ज लामा लगायतले मध्यरातमा गाई चोरेर काटेर खाइदिएका थिए । 

प्रहरीले अनुसन्धान गर्दै खोज्दै जाँदा गाइको मासु तयारि अबस्थामा पकाएको अबस्थामा भेटिएको थियो । छेउमै गाइको टाउको र छाला गाडिएको अबस्थामा भेटिएको थियो । प्रहरीले तत्कालै गाइ काटेको अभियोगमा सुर्य लामा, तिर्थ लामा र पञ्ज लामालाई नियन्त्रणमा लियो ।

भिडियो हेर्नुहोस…..

होसियार !! आमा बाबालाइ हेला गरे ५ बर्ष जेल, आमा बुवाकाे सम्मानमा सक्दाे शेयर गराै

प्रस्तावित कानुन अनसार इच्छा विपरित अलग बस्न बाध्य बनाए एकदेखि तीन महिनासम्म जेल वा १० देखि ३० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजायँ हुनेछ । साथै मागेर खान लगाए तीन वर्षसम्म कैद वा ३० देखि ९० हजारसम्म जरिवाना वा दुवै सजाय हुनेछ। 

त्यसै गरि आमा बाबुलाई घरबाट निकालेर बेवारिसे बनाए एक देखि ५ वर्षसम्म जेल वा एक देखि ५ लाखसम्म जरिवाना वा दुवै सजाय हुने गरिएको छ । छोराछोरीले घरबाट निकालेपछि बाबु-आमा सडकमा पुगेको धेरै घटना छ । 

कतिपय आश्रममा पुगेका छन् भने कतिपय सडकमै मागेर गुजारा दयनीय जिबन बिताइरहेका छन् । अब भने यस्ता छोराछोरीहरुले जेल को हावा खान पर्ने भएको छ। सरकारले यस्ता काम गर्नेलाई सजाय दिने ब्यबस्था सहित ऐन संसोधन गरेको हो। उक्त ऐन अनुसार छोराछोरीले आफ्नो कमाइको निश्चित रकम आमाबाबुको लागि छुट्टाउनु पर्ने ब्यबस्था गरेको छ । 

साथै आमा बाबुलाई इच्छा विपरित अलग बस्न बाध्य बनाए, मागेर खान पर्ने बनाएमा वा सडकमा बेवारिसे छोडिदिएमा सजाय हुने ब्यबस्था गरेको छ। 

 जेष्ठ नागरिकको सम्पत्ति लिन वदनियतले काम गरे पनि एकदेखि ५ वर्षसम्म कैद वा विगो बमोजिम जरिवाना हुनेछ । 

जरिवाना रकम आमाबाबुको बैंक खातामा जम्मा गरिने ब्यबस्था गरेको छ। यदि यो ऐन अनुसार सजायँ पाएको व्यक्तिले फेरि पनि यस्तै गल्ति गरेमा १० प्रतिशत सजायँ थप हुने व्यवस्था गरेको छ।

नेपाल टेलिकमले ल्यायाे २२ प्रकारका विन्टर अफर, यसरी गर्नुहाेस् सुचारु (सम्पुर्ण तरिकासहित)

काठमाडौं, २९ पुस । नेपाल टेलिकमले विभिन्न प्रकारका विन्टर अफर उपलब्ध गराएको छ । अफरको समयावधि पुस २९ गते देखि लागू भई आगामी चैत २८ गतेसम्म जारी रहने टेलिकमले जनाएको छ । विन्टर अफरमा पहिले उपलब्ध अफरहरु भन्दा केही थप सुविधा उपलब्ध गराइएको टेलिकमले जनाएको छ ।
यस्ता छन् नयाँ अफरः
१. ह्याप्पी विकेन्ड प्याक
जीएसएम/सीडीएमए प्रिपेड/पोष्टपेड मोबाइलमा ह्याप्पी विकेन्ड प्याक प्रयोग गर्न सकिन्छ । ह्याप्पी विकेन्ड प्याक अन्तर्गत शुक्रबार, शनिबार र आइतबार प्रत्येक दिन १ जीबी डाटा प्रयोग गर्न सकिने छ । सो प्याक एक सय रुपैयाँमा प्राप्त हुनेछ र सात दिनसम्म यसको समयावधि हुनेछ ।
२. अल टाइम डाटा प्याक
जीएसएम प्रिपेड/पोष्टपेड तथा सीडीएमए प्रिपेड/पोष्टपेड मोबाइलमा अल टाइम डाटा प्याकेज प्रयोग गर्न सकिन्छ । यस अन्तर्गत कम्पनीले उपलब्ध गराएका विभिन्न प्याकेजमा ५० प्रतिशत थप बोनस डाटा उपलब्ध गराइने भएको छ ।
अल टाइम डाटा प्याक अन्तर्गत १० रुपैयाँ देखि ५ सय रुपैयाँसम्मका प्याक उपलब्ध छन् । यस अन्तर्गत बोनससहित २३ एमबी देखि ४ हजार ५ सय एमबी सम्मका प्याकेज खरिद गर्न सकिने छ । यी प्याकेज प्रयोग गर्न सकिने समयावधि पनि १ दिन देखि २८ दिन सम्म हुनेछ ।
३. नाइट टाइम भोलुम बेस्ड डाटा प्याक
जीएसएम प्रिपेड/पोष्टपेड तथा सीडीएमए प्रिपेड/पोष्टपेड मोबाइलमा नाइट टाइम भोलुम बेस्ड डाटा प्याक प्रयोग गर्न सकिन्छ । यसमा पनि थप ५० प्रतिशत बोनस डाटा उपलब्ध हुनेछ ।
थप बोनस समेत गरी नाइट टाइम भोलुम वेस्ड डाटा प्याक अन्तर्गत ५ रुपैयाँमा ६८ एमबी डाटा एक रात प्रयोग गर्न सकिने छ । त्यसैगरी ७ दिनसम्मको अवधिमा ४५ रुपैयाँमा ६३८ एमबी डाटा र २८ दिनसम्मको अवधिको ७६८० एमबी डाटा तीन सय रुपैयाँमा प्रयोग गर्न सकिने छ । यो प्याक राती १० बजेदेखि बिहान ६ बजेसम्म मात्र प्रयोग गर्न सकिने छ ।
४. अनलिमिटेड नाइट टाइम डाटा प्याक
जीएसएम/सीडीएमए प्रिपेड/पोष्टपेड मोबाइलमा अनलिमिटेड नाइट टाइम डाटा प्याक प्रयोग गर्न सकिन्छ । अनलिमिटेड जीएसएम/सीडीएमए नाइट डाटा प्याक अन्तर्गत १५ रुपैयाँमा अनलिमिटेड डाटा राती १० बजेदेखि बिहान ६ बजेसम्म चलाउन पाइने छ । यसको अवधि डाटा खरिद गरेको एक दिनसम्म हुनेछ ।
त्यसैगरी ८५ रुपैयाँमा ७ दिनसम्म र २ सय ४० रुपैयाँमा २८ दिनसम्म अनलिमिटेड डाटा राती १० बजेदेखि बिहान ६ बजेसम्म प्रयोग गर्न सकिन्छ । उपरोक्त सबै प्याकमा १ जीबी डाटासम्म थ्रिजी/फोरजीको गतिमा चल्ने छ र त्यसपछि २५६ केबीपीएसको गतिमा अनलिमिटेड चल्ने छ ।
५. अल टाइम सोसियल मिडिया डाटा प्याक
अल टाइम सोसियल मिडिया डाटा प्याक अन्तर्गत सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप र ट्वीटर चलाउन सकिने छ । यसमा पनि थप ५० प्रतिशत बोनस डाटा उपलब्ध हुनेछ ।
थप बोनस समेत गरी ५ रुपैयाँमा ३० एमबी डाटा १ दिन, २५ रुपैयाँमा १३५ एमबी डाटा ७ दिन र १०० रुपैयाँमा ६७५ एमबी डाटा २८ दिनका लागि उपलब्ध हुनेछ । त्यसैगरी २०० रुपैयाँमा १५०० एमबी डाटा २८ दिन समयावधिका लागि उपलब्ध हुनेछ ।
६. अल टाइम डाटा स्ट्रिमिङ प्याक
जीएसएम तथा सीडीएमए प्रिपेड/पोष्टपेड मोबाइलका लागि अल टाइम स्ट्रिमिङ प्याक अन्तर्गत युट्युब र वाउटाइम एप्स चलाउन सकिने छ । यसमा पनि थप ५० प्रतिशत बोनस डाटा उपलब्ध हुनेछ । थप बोनस डाटा समेत गरी १० रुपैयाँमा १५० एमबी डाटा १ दिनका लागि, ४५ रुपैयाँमा ६०० एमबी डाटा ७ दिनका लागि र ११५ रुपैयाँमा १९५० एमबी डाटा २८ दिनका लागि उपलब्ध हुने छ ।
७. अल टाइम फोरजी डाटा प्याक
अल टाइम जीएसएम फोरजी डाटा प्याकमा पनि थप ५० प्रतिशत बोनस डाटा उपलब्ध हुनेछ । यस अन्तर्गत १२ रुपैयाँ देखि ५ सय रुपैयाँ सम्मका बोनससहित ३८ एमबी देखि ४६०८ एमबी सम्मको प्याकेज उपलब्ध हुन्छ । यी प्याकेज १ दिन देखि २८ दिन सम्म उपयोग गर्न सकिन्छ ।
८. जीएसएम/सीडीएमए थ्रिजी/फोरजी एक जीबी प्रतिदिनको डाटा प्याक
जीएसएम/सीडीएमए थ्रिजी/फोरजी एक जीबी प्रति दिन डाटा प्याक अन्तर्गत ४५ रुपैयाँमा १ जीबी डाटा १ दिनका लागि, २५० रुपैयाँमा ७ जीबी डाटा ७ दिनका लागि र ८५० रुपैयाँमा २८ जीबी डाटा २८ दिनका लागि उपलब्ध हुनेछ । यसमा प्रतिदिन २० मिनेट स्ट्रिमिङ प्याक बोनसको रुपमा प्राप्त हुनेछ ।
९. अल टाइम भ्वाइस प्याक
जीएसएम तथा सीडीएमए प्रिपेड/पोष्टपेड मोबाइलमा भ्वाइस प्याक अन्तर्गत एक दिन देखि ६० दिन समयावधि सम्म प्रयोग गर्न सकिने प्याकेज प्राप्त गर्न सकिने छ । यी प्याकेजहरु १० रुपैयाँ देखि ५५० रुपैयाँ सम्ममा खरिद गर्न सकिने छ । यसरी प्राप्त प्याकेजमार्फत गरिने कल नेपाल टेलिकमको नेटवर्कभित्रका लागि मात्र उपलब्ध हुनेछ ।
१०. नाइट टाइम भ्वाइस प्याक
जीएसएम तथा सीडीएमए प्रिपेड/पोष्टपेड मोबाइलमा नाइट टाइम भ्वाइस प्याक अन्तर्गत ५ रुपैयाँमा १ दिनसम्म ३० मिनेट, १२ रुपैयाँमा १ दिनसम्म असीमित (अनलिमिटेड) समय, २५ रुपैयाँमा ७ दिनसम्म २४० मिनेट र १०० रुपैयाँमा २८ दिनसम्म ११०० मिनेट कल गर्न सकिने छ । सो प्याक राती १० बजेदेखि बिहान ६ बजेसम्म कम्पनीकै नेटवर्क भित्र मात्र प्रयोग गर्न सकिने छ ।
११. सीयूजी प्याकेज
कम्पनीले कर्पोरेट ग्राहकहरुका लागि सीयूजी (कर्पोरेट युजर ग्रुप) प्याकेज उपलब्ध गराएको छ । जीएसएम/सीडीएमएका प्रिपेड/पोष्टपेड सबैमा यो सुविधा उपलब्ध हुनेछ ।
यस अन्तर्गत कम्पनीकै नेटवर्कमा जीएसएम/सीडीएमएका प्रिपेड ग्राहकले २०० रुपैयाँमा ६५ मिनेट भ्वाइस कल गर्न तथा १२५ एमबी डाटा चलाउन र २५ वटा एसएमएस पठाउन सक्ने छन् । त्यसैगरी कम्पनीकै नेटवर्कमा जीएसएम/सीडीएमए पोष्टपेड प्रिपेडका ग्राहकले ४०० रुपैयाँमा १५० मिनेट भ्वाइस कल गर्न, ३०० एमबी डाटा चलाउन र ५० वटा एसएमएस पठाउन सक्ने छन् ।
यो वाहेक ७०० रुपैयाँमा ३०० मिनेट भ्वाइस कल गर्न, ८०० एमबी डाटा चलाउन र १०० वटा एसएमएस पठाउन सकिने छ । १००० रुपैयाँमा ४५० मिनेट भ्वाइस कल गर्न, १५०० एमबी डाटा चलाउन र १५० वटा एसएमएस पठाउन, १३०० रुपैयाँमा ६०० मिनेट भ्वाइस कल गर्न, २१०० एमबी डाटा चलाउन र २०० वटा एसएमएस पठाउन तथा १६०० रुपैयाँमा ७५० मिनेट भ्वाइस कल गर्न, २७०० एमबी डाटा चलाउन र २५० वटा एसएमएस पठाउन सकिने छ ।
१२. डे प्याक
डे प्याक अन्तर्गत ६ रुपैयाँमा भ्वाइस र डाटा चलाउन मिल्ने छुट्टाछुट्टै प्याकेज लिन सकिने छ । यस अन्तर्गत ६ रुपैयाँमा विहान ६ देखि बेलुकी ६ बजे सम्म ६० मिनेट कल गर्न वा ३६ एमबी डाटा चलाउन सकिने छ ।
१३. एसएमएस प्याक
जीएसएम प्रिपेड/पोष्टपेड तथा सीडीएमए प्रिपेड/पोष्टपेड मोबाइलमा एसएमएस प्याक प्रयोग गर्न सकिने छ । यो प्याक अन्तर्गत ५ रुपैयाँमा १ दिनसम्म उपभोग गर्न पाउने गरी २० वटा एसएमएस र थप २५ प्रतिशत बोनस एसएमएस समेत उपलब्ध गराइएको छ ।
यसरी १५ रुपैयाँमा ७ दिनसम्म उपभोग गर्न पाउने गरी ७० वटा एसएमएस र ६० रुपैयाँमा २८ दिनसम्म उपभोग गर्न पाउने गरी ३०० वटा एसएमएस गर्न सकिने छ र यसमा पनि थप २५ प्रतिशत बोनस एसएमएस उपलब्ध गराइएको छ ।
१४. एफटीटीएच ब्यक्तिगत प्याकेज
नेपाल टेलिकमले एफटीटीएच अन्तर्गत ब्यक्तिगत ग्राहकका लागि विभिन्न प्याकेजको व्यवस्था गरेको छ । ब्यक्तिगत तर्फ ८ एमबीपीएस, १८ एमबीपीएस, ३५ एमबीपीएस र ५५ एमबीपीएसका प्याकेज उपलब्ध छन् । यी प्याकेज ८ सय देखि १८ हजार ४ सय रुपैयाँ सम्ममा खरिद गर्न सकिन्छ ।
१५. एफटीटीएच कर्पोरेट युजर प्याकेज
नेपाल टेलिकमले एफटीटीएच अन्तर्गत कर्पोरेट ग्राहकका लागि विभिन्न प्याकेजको व्यवस्था पनि गरेको छ । कर्पोरेट तर्फ १० एमबीपीएस गतिको एफटीटीएच प्याकेज ३ महिनाका लागि १०,३०० रुपैयाँ, ६ महिनाका लागि १८,४०० रुपैयाँ र १ वर्षका लागि ३४,५०० रुपैयाँमा उपलब्ध गराइएको छ ।
त्यसैगरी २० एमबीपीएस गतिको एफटीटीएच प्याकेज ३ महिनाका लागि १९,५०० रुपैयाँ, ६ महिनाका लागि ३६,८०० रुपैयाँ र १ वर्षका लागि ६९,००० रुपैयाँमा उपलब्ध गराइएको छ ।
१६. एडीएसएल भोलुम बेस्ड प्याकेज
नेपाल टेलिकमले भोलुम बेस्ड एडीएसएल इन्टरनेट प्याकेज ५ एमबीपीएस सम्मको गतिमा १५ जीबी डाटा २०० रुपैयाँमा ३० दिनसम्मका लागि उपलब्ध गराएको छ । त्यसैगरी ५ एमबीपीएस सम्मको गतिमा २५ जीबी डाटा ३०० रुपैयाँमा र ४० जीबी डाटा ४०० रुपैयाँमा ३० दिनसम्मका लागि उपलब्ध गराएको छ ।
१७. एडीएसएल अनलिमिटेड प्याकेज
अनलिमिटेड एडीएसएल इन्टरनेट प्याक ५ एमबीपीएससम्मको गतिमा ८०० रुपैयाँमा ३० दिनसम्मका लागि उपलब्ध गराएको छ । त्यसैगरी ५ एमबीपीएससम्मको गतिमा ४३०० रुपैयाँमा १८० दिनसम्म र ८००० रुपैयाँमा ३६० दिनसम्मका लागि उपलब्ध गराइएको छ ।
१८. एक घण्टा अनलिमिटेड प्याक
यस प्याक अन्तर्गत कम्पनीकै नेटवर्कमा जीएसएम÷सीडीएमएका ग्राहकले १८ रुपैयाँमा प्याक एक्टिभ भए पश्चात १ घण्टासम्म निरन्तर भ्वाइस, एसएमएस र डाटा असिमित रुपमा प्रयोग गर्न सक्ने छन् ।
१९. विद्यार्थी अफर
यस अफर अन्तर्गतको सिम लिए पछि नयाँ सिममा उपलब्ध हुने ५० रुपैयाँ मध्ये कम्पनीकै नेटवर्कमा विद्यार्थीहरुले १० रुपैयाँ बराबर कल गर्न, डाटा खरिद गर्न वा एसएमएस गर्न वा यी सबै सेवा प्रयोग गर्न सक्ने छन ।
त्यसैगरी बाँकी ४० रुपैयाँमा ४० मिनेट कल गर्न, ६० एमबी डाटा खरिद गर्न र २० वटा एसएमएस गर्न सकिने छ । यी सबै सुविधा ३० दिनभित्र उपभोग गरिसक्नु पर्नेछ । साथै बोनसको रुपमा कम्पनीकै नेटवर्कमा विद्यार्थीहरुले प्रति महिना ४० मिनेट भ्वाइस कल गर्न, ६० एमबी डाटा चलाउन र २० वटा एसएमएस पठाउन सक्ने छन ।
यो सुविधा उपभोग गर्ने समयावधि ७ दिनको हुनेछ । प्रति महिना प्राप्त हुने उपरोक्त बोनस ६ महिनासम्म उपलब्ध हुनेछ ।
साथै विद्यार्थीहरुलाई ५० रुपैयाँको रिचार्जमा १० मिनेटको भ्वाइस र ५० एमबी डाटा बोनस उपलब्ध हुनेछ । यो सुविधा उपभोग गर्ने समयावधि ३ दिनको हुनेछ । रिचार्ज बोनस ५० रुपैयाँ वा सो भन्दा माथिको रिचार्जमा उपलब्ध हुनेछ । रिचार्जमा प्राप्त हुने उपरोक्त बोनस एक वर्षसम्म उपलब्ध गराइने छ ।
२०. इन्डिया कल अफर
नेपालबाट भारतमा कल गर्नका लागि सस्तो दरको प्याकेज लिन सकिने छ । यसका लागि कम्पनीले डेली प्याक, विक्ली प्याक र मन्थ्ली प्याक गरी तिन प्रकारको प्याक अफर ल्याएको छ । डेली प्याक अन्तर्गत ३५ रुपैयाँमा १५ मिनेट कल गर्न सकिने छ । सो प्याक १ दिनका लागि मात्र उपलब्ध हुनेछ ।
त्यसैगरी विक्ली प्याक अन्तर्गत १५० रुपैयाँमा ६५ मिनेट र मन्थ्ली प्याक अन्तर्गत ५०० रुपैयाँमा २१५ मिनेट कल गर्न सकिने छ । यी प्याक क्रमशः ७ दिन र एक महिनासम्म प्रयोग गर्न सकिने छ ।
२१ . मिस्ड कल अलर्ट
यो सेवाबाट सेवाग्राहीको नम्बर व्यस्त भएको अवस्थामा, नेटवर्क नभएको अवस्थामा र स्वीच अफ भएको अवस्थामा कसैको कल आएमा पछि त्यसको बारेमा एसएमएस मार्फत नोटिफिकेसन आउनेछ । यो सेवा लिन मासिक ६ रुपैयाँ शुल्क लाग्ने छ । यो सुविधाको समयावधि ३० दिनको हुनेछ । यो सुविधा लिनका लागि ८ज्ञद्धण्ण्३ डायल गर्नु पर्छ ।
२२. एफटीटीएचमा निःशुल्क भ्वाइस
एफटीटीएच सेवा लिने नयाँ तथा पुराना ग्राहकले ९० दिनसम्म कम्पनीकै नेटवर्कभित्र निःशुल्क भ्वाइस सेवा अर्थात सिप कल सेवा उपयोग गर्न सक्ने छन् ।
विभिन्न प्याकेज प्राप्त गर्नका लागि ग्राहकले *1415# मा डायल गर्नु पर्ने छ । कम्पनीको एप ‘नेपाल टेलिकम’ बाट पनि यस सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिन्छ ।

रबि लामीछानेलाइ सपोट गर्ने बलत्कारी र घरमा बुढी हुँदा हुँदै बिदेशमा परस्त्री सङ्ग सम्बन्ध राख्ने हरु मात्रै हुन, – सावित्री सुवेदी ( भिडियो सहित)

काठमाडौँ । सावित्री सुबेदी एक महिला अधिकारकर्मी हुन् । उनले धेरै पिडित महिलाको उद्दार पनि गरिसकेकी छिन । 

भने धेरैको अधिकारको लागि मुद्दा पनि अगाडी चलाई रहेकी छिन । विवादित युट्युबर सोनीका रोकायाको सोनीका शो कार्यक्रममा सावित्रीले रबि लामिछानेको बारे आफ्नो अभिव्यक्ति दिएकी छिन । 

उनले रबि लामिछाने र उहाको पुर्व पत्नीको बिषयलाई लिएर कडा टिप्पणी गरेकी हुन् । 

 रबि लामिछानेलाई सबैले सहि भनेका छन् नि भन्ने प्रश्नमा सावित्रीले भनेकी छिन – ‘जसले घरमा श्रीमती रुवाएर परदेशमा परस्त्रीसंग रमाइलो गर्ने, घरको श्रीमतीलाई पिट्ने व्यक्तिले मात्रै रबि लामिछानेलाई सपोर्ट गरेको छ । 

एउटा स्वस्थ पुरुषले जसले चाही बहुबिबाह गर्नु हुदैन, महिला बजारका बस्तु हैनन् भन्ने पुरुषले रबिलाई सपोर्ट गरेको छैन’ पुरा भिडियो तल हेर्नुहोस :

आज २९ पौष २०७५ आइतवारको दिन तपाईको ग्रहदशा, भाग्य के कस्तो छ ? के गर्दा राम्रो अनि के गर्दा नराम्रो ? राशिफल हेर्नुहोस

आज – २९ पौष २०७५ आइतवारको राशिफल 


मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । यात्रामा सावधानी अपनाउनु पर्नेछ । महत्वपूर्ण अवसर गुम्न सक्छ । घरायसी वातावरणमा केही असामान्यता देखिन सक्छ । 

 मिथुन मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) नाम, दाम, प्रतिष्ठा र पुरस्कार प्राप्त हुनसक्छ । मान्यजनको सहयोग प्राप्त हुनेछ । स्वादिष्ट भोजन पाईनेछ । परोपकारका क्षेत्रमा लगानीको समय छ । 

 सिंह सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) तर्क, विवाद र प्रतिस्पर्धाबाट लाभ हुने छैन । राजनैतिक चिन्तन बढ्नेछ । मनमा देखिने अस्थिरता अधैर्यताका कारण निर्णायक क्षमतामा कमी आउनेछ । 

 तुला तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आफ्नो प्रयास र कामधन्दाबाट दीर्घकालिक फाइदा पुग्न सक्छ, त्यसैले आफ्नो विचार र योजनालाई रचनात्मक रूप प्रदान गर्ने प्रयास गर्दा राम्रो हुनेछ । 

 धनु धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) परिवारभित्रका झिनामसिना काममा धेरै समय खर्चनु पर्नेछ । सामान हराउने योग छ । सहयोगी र नातागोताको साथ पाइँदैन । स्वास्थ्यमा खर्च बढ्नेछ । 

 कुम्भ कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) टाढा रहेका साथीभाइहरूसँग मनोरञ्जक भेटघाट हुनेछ । वैदेशिक कार्य अघि बढ्नेछ । सरकारी जागिरेले बढुवा, प्रशंसा र पुरस्कार पाउनेछन् । 

 बृष वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) सामाजिक कार्यमा सफलता मिल्नेछ । वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । नयाँ कर्यको थालनी हुनेछ । सहयोगीहरूको राम्रो साथ प्राप्त हुनेछ । 

 कर्कट कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) कार्य सम्पादनमा सहजता मिल्नेछ । आत्मविश्वास जाग्नेछ । रोकिएका काम सम्पादन हुने योग छ । व्यापारबाट सोचेजस्तै लाभ प्राप्ति हुने योग छ । 

 कन्या कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) ठीक समयमा सही निर्णय लिन सकिनेछ । बोलीको प्रभाव पनि बढ्नेछ नयाँ कमको थालनी हुनेछ । आँटेको र ताकेको कार्य पुरा होला । अध्ययन अध्यापन सफल रहेको छ । 

बृश्चिक वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) धार्मिक कार्य सफल रहनेछन । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला । विशिष्ट व्यक्तिलाई प्रभावित तुल्याएर काम बनाउन सकिनेछ । प्रेम सम्बन्ध कसिलो होला । 

 मकर मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) कामका विभिन्न अवसर फेला पर्ने छन् । बौद्धिक काममा सफलता मिल्नेछ । श्रमको उचित मुल्याङन हुनेछ । पार्टनरसिपमा गरिएको कारोबारले राम्रै फाइदा दिनेछ । 

 मीन मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) राज्यबाट मान सम्मान पाइनेछ । दाम्पत्य जीवनमा मधुरता छाउनेछ । रमणीय र सुखद यात्राको योग छ । ढिलै भए पनि काम सम्पन्न हुनेछ । – ज्यो.प. नारायणप्रसाद दुलाल
 
Support : Copyright © 2013. World online news - All Rights Reserved
Design by www.ekumar.com.np
Online Nepal Hindi TV Serails Download Nepali Songs Nepali N बेभसाइट बनाउन तथा डोमेन बुक गर्नु